संसद वैठकअघि प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता


१५ चैत्र २०७९, बुधबार
Prachanda devraj 1

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच अहिले वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७