नाउपाकी रञ्जिता भूमि व्यवस्था मन्त्री बन्दै


१७ चैत्र २०७९, शुक्रबार
ranjita shrestha BY85bJ8w8P

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ (चौधरी) मन्त्री बन्ने भएकी छन् । आजै हुन लागेको मन्त्रीहरुको शपथमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाउन लागेका हुन् । पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।

गठबन्धनमा भएको भागण्बडा अनुसार नाउपाले एक मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथ गराउने तयारी भएको उनका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७