मन्त्रिपरिषद विस्तारमा जनमत असन्तुष्ट : खानेपानी मन्त्रीले राजीनामा दिंदै


१७ चैत्र २०७९, शुक्रबार
abdul khan
फाइल फोटो

काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन् । जनमतबाट खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिने तयारी गरेका हुन् ।

राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन् । जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो । मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएर सरकारबाट बाहिरिन लागेका हुन् ।

केन्द्रमा उद्योग मन्त्रालय नपाए मधेस प्रदेश सरकारबाट समेत बाहिरिनेसम्मको तयारीमा पुगेको जनमतका एक नेताले बताएका छन् । खानेपानी मन्त्रालय नेसपालाई दिएर उद्योग जनमतले पाउने चर्चा थियो । यद्यपि, उद्योग मन्त्रालय नेपाली कांग्रेसले पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७