शीर्षस्थानको आर्सनलले लिड्सलाई हरायो, चेल्सी एस्टनभिल्लासँग पराजित


१९ चैत्र २०७९, आईतवार
Chelsi

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ ।
गए राति घरेलु मैदानमा भएको खेलमा आर्सनलका फरवार्ड गाब्रिएल जेससले दुई तथा बेन ह्वाइट र ग्रानिट झाँकाले एक-एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल फर्काए । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अङ्कको अग्रता लिएको छ ।

आर्सनलको २९ खेलमा ७२ अङ्क भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६४ अङ्क छ । हिजो भएको पहिलो खेलमा सिटीले लिभरपुललाई ४–१ गोलले हराएको थियो ।

त्यस्तै, गए राति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सीलाई एस्टनभिल्लाले २–० गोलले हरायो । बर्नमाउथले फुलह्यामलाई तथा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २–१ गोलले हराएको छ । ब्राइटन र ब्रेन्टफोर्डले ३–३ तथा नटिङ्घम फरेस्ट र उल्भ्सले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७