पीएसजी फेरि लियोनसँग घरेलु मैदानमै पराजित


२० चैत्र २०७९, सोमबार
Liyona vs PSG 1024x576 1

काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) फेरि घरेलु मैदानमै पराजित भएको छ । आइतबार राति पार्क डे प्रिन्समा लिग लिडर पीएसजी लियोनसँग १–० ले पराजित भएको हो ।

लियोनलाई जिताउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राडली बार्कोलाले ५६औं मिनेटमा गोल गरे । त्यसअघि अलेक्जान्डर लाकाजेटले पहिलो हाफमा प्रहार गरेको पेनाल्टी पोष्टमा लागेको थियो ।

पीएसजीका सर्वाधिक गोलकर्ता किलिएन एमबाप्पेले बराबरी गोल नजिक पुगे पनि उनको प्रहार सेभ भएको थियो । पीएसजी सबै प्रतियोगितामा गरी पछिल्लो १८ मध्ये ७ खेलमा पराजित भएको छ ।

हारपछि पनि २९ खेलबाट ६६ अंकका साथ पीएसजी दोस्रो स्थानको लेन्स भन्दा ६ अंकले अघि रहेको छ । लियोन २९ खेलबाट ४४ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७