इङ्लिस प्रिमियर लिग फुटबल : वेष्ट ह्याम र न्युकासल विजयी


२० चैत्र २०७९, सोमबार
ipl 95OIVd5RmE

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गए राति भएको खेलमा वेण्ष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै १४औं स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ । यस्तै, गए राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ ।

जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । उसले ५० अङ्क जोडेको छ । ५० अङ्क नै जोडेको म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा धकेलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७