संसद भवन अगाडि फेरि आत्मदाहको प्रयास, प्रहरीले बचायो


२४ चैत्र २०७९, शुक्रबार
Parliment house samsad bhawans

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए । ‘पारिवारिक कारण देखिन्छ । हामी सम्झाएर परिवारको जिम्मा लगाउँदै छौँ’ एसएसपी कार्कीले भने ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका कारण पछिल्लो घटनामा युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७