मेयर बालेनको टिप्पणी : देश सफा गर्न नेताहरूलाई सिसडाेलमा डम्प गर्नुपर्छ

‘आजदेखि सिंहदरबारको फोहोर उठ्दैन’


२५ चैत्र २०७९, शनिबार
Balen sha 1

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले आज (शनिबार) बाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिसडाेलमा डम्प गर्नुपर्ने टिप्पणी समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चीकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडाेलमा डम्प गर्नुपर्ने हुन्छ ।’

उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै मेयर शाहले यो घोषणा गरेका हुन् । शाह मेयरमा निर्वाचित भए लगत्तै धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर फ्याँक्ने काममा स्थानीय दलका कार्यकर्ताले नै अवरोध गरेका थिए ।

यस पटक पनि अवरोध सुरू हुन थालेको छ । यस्तोमा संघीय सरकारको सहयोग खोजिरहेका बालेन एक्लै परेपछि उनी आक्रोशित भएको अनुमान गर्न सकिन्छ । पछिल्लो समय थापाथली र तीनकुनेको बागमती किनारमा अवैध रूपमा बसेका सुकुम्बासी हटाउन पनि संघीय सरकारबाट बालेनलाई सहयोग मिलिरहेको छैन ।

balen

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७