ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल


२५ चैत्र २०७९, शनिबार
nepal crash 759
फाइल फोटो

काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा अल्डिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

ह्याम्सका डाक्टरलाई चितवन लिएर जानका लागि त्रिभुवन विमानस्थलबाट हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिएका छन् ।

अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि डाइनेस्टीको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको भण्डारीले बताए । पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ । सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७