एउटै भैंसीको मूल्य १६ करोड !


२५ चैत्र २०७९, शनिबार
bufallow 16crore

नयाँदिल्ली । करोडौंको कार वा बंगलाबारेमा तपाईले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैंयाँ (नेपाली १६ करोड बढी) को भैँसीको बारेमा शायदै थाहा होला ।

एउटा भैंसीको यति धेरै मूल्य पर्छ भनेर पत्याउन पनि तपाई हिच्किचाउनु हुन्छ तर, वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । उत्तर प्रदेशको मुजफ्फर नगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैंसी ल्याइएको थियो । ५ फिट ७ इञ्चको यो भैंसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्यो भैंसीको मूल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटको पनि चर्चा परिचर्चा हुन थालेको छ । त्यो भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।

घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैंसी लिएर मुजफ्फर नगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी शुरू भएको हो ।

घोलु–२ को मात्रै होइन, त्यसबाट जन्मेकादेखि हजुरबुबासम्मको पनि मूल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने बाबुको नाम पीसी ४८३ र हजुरबुबाको नाम घोलु हो । हालै मुजफ्फर नगरमा ल्याइएको घोलु–२ का हजुरबुबा घोलुले भने विगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।

सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेको छ, त्यसपछि त्यसलाइ मुजफ्फर नगरमा ल्याइएको हो । घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन् । आजतकका अनुसार त्यसैले त घोलुका परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७