सन्दीपको मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर आलमको वकपत्र गराउन आदेश


२६ चैत्र २०७९, आईतवार
sandeep lamichhane 20190401072744

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज (आइतबार) पनि बहस हुन सकेन । न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बकपत्रका लागि बोलाउने आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि इजलासले सुनुवाइ सुरु गरेन । इजलासबाट स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बोलाउने आदेश भएको स्रोतले जानकारी दियो ।

हालसम्म तीन पटकलाई सुनुवाइको पेसी तोकिएको भए पनि अन्तिम सुनुवाइ सुरु हुन सकेन । पहिलो पटक चैत १३ गतेलाई अन्तिम सुनुवाइको पेसी तोकिएको भए पनि पूर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

दोस्रा ेपटक चैत २२ गते सुनुवाइ ‘हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो । लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७