प्याब्सन र हिसानका पदाधिकारीलाई राजीनामा दिन चेतावनी


१७ बैशाख २०७५, सोमबार
pabson 2

बुटवल, १७ वैशाख । निजी विद्यालयहरुका संगठन प्याब्सन, हिसान र एन प्याब्सनका पदाधिकारीलाई पाँच दिनभित्र राजीनामा दिन राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले चेतावनी दिएको छ ।

पाँच दिनभित्र राजीनामा नदिए कार्य समितिलाई कुनै पनि काम गर्न नदिने अखिल छैठौंका केन्द्रीय अध्यक्ष विमल पोखरेलले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाठ्यपुस्तक, स्टेशनरी र ड्रेसहरुमा सिण्डिकेट खडा गरिएको छ, यस्ता कार्यले निजीकरण, व्यापारीकरण र माफियाकरणलाई झन् बढावा दिंदै आएकाले प्याब्सन, एन प्याब्सन र हिसान जस्ता संस्थाहरुको औचित्य समाप्त भएको छ ।’

विज्ञप्तिमा अगासिड भनिएको छ–सबै पदाधिकारीहरुले राजीनामा गर्न ुभई शैक्षिक निजीकरण र व्यापारीकरण विरुद्धको हाम्रो आन्दोलनमा सहयोग गर्नु हुन अनुरोध छ । यो दबाव पत्र प्राप्त भएको मितिले ५ दिनभित्र राजीनामा नदिएमा तपाई र कार्य समितिलाई कुनै पनि कार्य गर्न नदिइने जानकारी गराउन चाहन्छौं । यदि प्याब्सन, एन प्याब्सन र हिसान कार्यसमितिले राजीनामा नदिई कुनै कार्य वा निर्णय गरेको पाइएमा त्यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहन्छौं ।pabson 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७