‘इण्डियन वुमन्स लिग’ खेल्न साम्बासहित चार खेलाडी भारत प्रस्थान


३० चैत्र २०७९, बिहीबार
footballer

काठमाडौँ । ‘इण्डियन वुमन्स लिग’ खेल्न राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी भारत प्रस्थान गरेका छन् ।
राष्ट्रिय महिला टोलीका फरक क्लबमा आवद्ध चार खेलाडी आज एकै दिन लिग भारत प्रस्थान गरेका हुन् ।

साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बु र रेनुका नगरकोटी भारत गएका हुन् । सावित्राले सन् २०१८–०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् । सरु र रेनुका यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् ।

नेपाली टिमकी उदीयमान खेलाडी दीपा शाही पनि लर्डस एफसीका लागि अनुबन्धित भइसकेकी छन् । सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगमा १६ टिम छन् । नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ । सहभागी १६ टिमलाई दुई समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहको शीर्ष चार टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७