दाङमा आगोले जलेर एक जनाको मृत्यु


२ बैशाख २०८०, शनिबार
death
सांकेतिक तस्वीर

दाङ । दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । आगोमा जलेर गम्भीर घाइते भएका बलिराजको उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ज्यान गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७