सबै भूमिहीनले मेरै पालामा लालपूर्जा पाउँछन् : मन्त्री श्रेष्ठ

‘काठमाडौंका भूमिहीन नेवारहरुलाई लालपूर्जा दिने लक्ष्य छ’


५ बैशाख २०८०, मंगलवार
Ranjita shrestha new samsad scaled

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनले आफ्नै पालामा लालपूर्जा पाउने दावी गरेकी छिन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले दिएको बताएकी हुन् । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिइन् । उनले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गरिन् ।

मन्त्री श्रेष्ठले भनिन्, ‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ ।

काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भिर छ । त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको सुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरु सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु ।’ मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७