कर्णाली सरकारमा कांग्रेस : तीन मन्त्रीले आज शपथ लिँदै


६ बैशाख २०८०, बुधबार
karnali 3 mantri

सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागी हुन लागेको हो ।

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीले आज (बुधबार) शपथ लिँदैछन् । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्णकुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् । सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले शपथ ग्रहण गराउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७