असिनाले बालीनालीमा क्षति


७ बैशाख २०८०, बिहीबार
asina
फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।

केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए । हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७