जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियो, दुई जनाको मृत्यु


७ बैशाख २०८०, बिहीबार
bailey bridge collapsed aZcg6MgL2f

जाजरकोट । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोस रोकाले जानकारी दिएका छन् । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७