भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


९ बैशाख २०८०, शनिबार
veri hospital

बाँके । बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको थियो । अस्पतालका अनुसार उनलाई दमको समस्या समेत थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७