तस्वीरमा उपनिर्वाचन {फोटो फिचर}


१० बैशाख २०८०, आईतवार
Chunab upa 3

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा सहभागी हुन मतदाताको चहलपहल बिहानैदेखि सुरु भएको छ ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ । मतदान सुरु हुनुभन्दा अगाडिदेखि नै मतदानस्थलमा मतदाताको चहलपहल सुरु भएको छ । बिहानैदेखि मतदाताहरुको लाइन लागेको छ ।

Chunab upa 1
Chunab upa 2

चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाताले आज मताधिकार प्रयोग गर्दैछन् । चितवनको ४३ स्थानमा १३८ मतदान केन्द्रबाट मतदान हुँदैछ । यस्तै, तनहुँ– १ मा एक सय ५२ वटा मतदान केन्द्र तोकिएको छ । आज पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

Chunab upa 3

तनहुँ–१ को उपनिर्वाचनका लागि एक लाख २३ हजार ३०५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं। २ मा १ लाख ०५ हजार २४८ मतदाता छन् । यी मध्ये पुरुष ५८ हजार ९३४ र महिला मतदाता ४६ हजार ३१४ छन् ।

Chunab upa 4

बारा(२ मा ३४ जना उम्मेदवार छन् । तीमध्ये १० जना राजनीतिक दलका हुन् भने २४ स्वतन्त्र उम्मेदवार हुन् । निर्वाचन आयोगले यो निर्वाचन क्षेत्रमा ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र निर्धारण गरेको छ ।

Chunab upa 6

बारा(२ मा ६ वटा स्थानीय तह पर्छन् । पचरौता, सुवर्ण, देवताल र करैयामाई गाउँपालिका यस निर्वाचन क्षेत्रमा समेटिएका छन् । त्यसैगरी कोल्हवी नगरपालिकाको वडा नं ८ र महागढीमाई नगरपालिकाका मतदाताले उपनिर्वाचनमा मतदान गर्दैछन् ।
निर्वाचन सम्पन्न गराउन सबै निर्वाचन क्षेत्रमा सुरक्षा प्रबन्ध मजबुद बनाइएको छ। निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।

matadan
Jeetnarayan
Traffic chitwan 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७