फ्लाइ दुबई सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ, कोही चिन्ता नगर्नुहोला : पर्यटनमन्त्री किराती


११ बैशाख २०८०, सोमबार
Sudan kirati 1 scaled
फाइल फोटो

काठमाडौं : त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९स्२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। जहाजमा आगो लागेको समेत देखिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७