बारा–२ मा उपेन्द्रको अग्रता कायमै, शिवचन्द्र ३ हजार मतले पछाडि


१२ बैशाख २०८०, मंगलवार
Upendra Yadav Sibachandra Kushbaha1680513391

बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै छ । जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन् । उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ ।

त्यस्तै, यहाँ नेकपा एमालेका उम्मेदवार तेस्रो र रास्वपाका उम्मेदवार चौथो स्थानमा छन् । एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय र रास्वपाका रमेश खरेलले १,१७४ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७