आईपीएल क्रिकेट : दिल्लीले हैदराबादलाई हरायो


१२ बैशाख २०८०, मंगलवार
dilli

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गए राति भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गर्‍यो ।

दिल्लीले दिएको १४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । हैदराबादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यस्तै उसका हेनरिक केल्सनले ३१ रन जोडे ।

दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २-२ तथा इशान्त शर्मा र कुलदीप यादवले समान १-१ विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए । दिल्ली सातौँ खेलमा दोस्रो जितसहित अङ्कतालिकाको पुछारमा नै छ । समान खेलमा चार अङ्क नै रहेको हैदराबाद नवौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७