मुम्बईलाई गुजरातले सहजै हरायो


१३ बैशाख २०८०, बुधबार
gujrat 1

काठमाडौं । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग २०२३ मा मंगलबार मुम्बई इण्डियन्समाथि ५५ रनको सहज जित निकालेको छ । यो जितसँगै गुजरातको १० अंक भएको छ र दोस्रो स्थानमा रह्यो । मुम्बई भने छ अंकमा छ । जितका लागि २०८ रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर निराशाजनक १५२ रन मात्र बनाउन सक्यो ।

नेहाल वढेराको ४० रन बाहेक अरू कसैले गतिलो योगदान दिन सकेनन् । त्यस अगाडि गुजरातले ओपनर डेविड मिलरको ४६ रनको मद्दतले छ विकेटमा २०७ रन बनाएको थियो । त्यसमा डेविड मिलरको ४६ र अभिनव मनोहरको ४२ रनको योगदान रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७