एसीसी प्रिमियर कप : आज साउदी अरेबिया र ओमान तथा बहराइन र युएई भिड्दै


१३ बैशाख २०८०, बुधबार
cr

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा साउदी अरेबिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

यी दुवै टिम सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । समूह ‘ए’ बाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमानमध्ये एक टोली सेमिफाइनल प्रवेश गर्नेछ ।

यस्तै, मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल पुग्न दुवै टिमलाई जित आवश्यक रहेको छ । यो खेलमा युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए सेमिफाइनल पुग्ने टिमका लागि कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७