राभो भालेकानोसँग लिग लिडर बार्सिलोनाको अप्रत्याशित हार


१४ बैशाख २०८०, बिहीबार
barcelona vs rayo vallecano

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रायो भालेकानोसँग २–१ ले पराजित भएको छ ।
घरेलु मैदानमा सानदार जित दिलाउन राभो भालेकानोका लागि अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गरे । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

अल्भारो गार्सियाले १९औं मिनेटमा गोल गर्दै राभोलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै राभो भालेकानोको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको अवस्थामा लेवान्डोस्कीले ८३औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए । तर त्यसपछि तप गोल गर्न नसक्दा शीर्ष स्थानको बार्सिलोना पराजित भयो ।

उपाधि होडमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १४ अंकको अग्रता बनाउने अवसर गुमायो । यद्यपि बार्सिलोना अझै रियल भन्दा ११ अंकले अघि छ । लिगमा अब ७ चरणका खेल खेल्न बाँकी छ । अघिल्लो दिन रियल गिरोनासँग पराजित भएको थियो । बार्सिलोनालाई हराएको राभो भालेकानो ३१ खेलबाट ४३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७