धनगढीमा छोराको हत्या गरेर बाबुले गरे प्रहरीमा आत्मसमर्पण


१६ बैशाख २०८०, शनिबार
hatya 2
सांकेतिक तस्वीर

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले छोराको टाउकोमा इँटा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चौधरीले आत्मसमर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७