साढे ३३ किलो सुन काण्ड : ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता (सूचीसहित)


१९ बैशाख २०७५, बुधबार
Gold Gore चुडामणि उप्रेती गोरे and police

मोरङ, १९ वैशाख । साढे ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या आरोपमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।Gold Gore चुडामणि उप्रेती गोरे and police

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज पक्राउ परेका २९ र फरार रहेका मुख्य अभियुक्त चुँडामणि उप्रेती ‘गोरे’ सहित ३४ जनाविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिएको छ । पूर्वडीआईजी गोविन्द निरौला, एसपीद्वय विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेल तथा जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धि मुद्दा चलाइँदैछ ।

संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाउन लागिएको यो पहिलो घटना हो । त्यसैगरी, प्रहरीको नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी, व्यापारी र सनम शाक्यको हत्याका आरोपित मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भनिने मोहन घिमिरेलाई प्रतिवादी बनाइने छ । सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका ‘नाइके’ भनिएका चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको थियो । शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।

गोरे समूहद्वारा १७ अर्ब बढी सुन तस्करी

गोरे नामले चिनिने ‘चुडामणि उप्रेती’ समूहले मात्रै ३८ क्वीनटल सुन तस्करी गरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । सहसचिव ईश्वर पौडेल नेतृत्वको ठगित सरकारी छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो ।

गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको हाे ।  उनीहरुले संगठित रुपमा ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम बराबरको सुन तस्करी गरको भन्दै १७ अर्ब १ करोड बढी रकमको बीगो दाबी गरिएको छ ।

 जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएकाे सुची

१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती ९गोरे० ।

२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।

३.मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।

४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।

५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।

६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।

७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।

८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।

९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।

१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।

११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की

१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।

१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।

१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।

१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।

१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।

१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा। डेबिट भनिने छिरिङ वाङगेल घले ।

१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।

१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।

२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।

२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।

२२. भारतको पश्चिम बंगाल दार्जिलिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।

२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।

२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा।लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।

२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।

२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।

२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।

२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।

२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।

३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।

३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।

३२. भक्तपुरको सूर्यविनायक–९, खत्रीगाउँका दोराम खत्री ।

३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।

३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।

३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।

३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।

३७. काठमाडौं–१८ का राजु महर्जन ।

३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।

३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।

४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।

४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा।लि।, न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।

४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।

४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।

४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।

४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।

४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली

४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।

४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।

४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा।लि। सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।

५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।

५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।

५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।

५३. भक्तपुरको सूर्यविनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।

५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।

५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।

५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।

५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।

५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।

५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।

६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।

६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।

६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।

६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७