दार्चुलाको हिमपहिरोमा बेपत्ता पाँच जनाको खुल्यो पहिचान, विहानैदेखि खोजी जारी


२० बैशाख २०८०, बुधबार
himpahiro
फाइल फोटो

दार्चुला । दार्चुलाको हिमपहिरोमा परी हिजो (मंगलबार) बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ । जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेका सात जनाको सकुशल उद्दार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन् ।

darchula himpahiro 1 eWTrnhOuV6

हिमपहिरोले मंगलबार दिउँसो यार्सा संकलक बसिरहेको टेन्ट पुरेको थियो । पुरिएकामध्ये सात जनालाई सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन् । जिल्ला प्रहरी कार्यालय (दार्चुला) का प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा छन् ।

darchula himpahiro 2 lVPvKqIgx3

यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन् । उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ । बाक्लो हिउँ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो । उक्त टोली आज पुनः घटनास्थलतर्फ जाने प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७