संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

रुखमा ठोक्किएको थियो सिम्रिकको हेलिकोप्टर


२२ बैशाख २०८०, शुक्रबार
helicopter accident

काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

उपचारका लागि काठमाडौं लैजाने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको जनाइएको छ । गुरुङको मृत्यु भएपछि संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको बास्तोलाले बताए । गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीन जनालाई उपचारका लागि काठमाडौैं ल्याइएको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको बताइएको छ ।

क्याप्टेनसहित हेलिकोप्टरमा पाँच जना सवार थिए । सिम्रिक एयरको हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो । बिहीबार संखुवासभामै पार्क भएको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो ।

त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटना भएको खुलेको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७