अमेरिकी डिभी नतिजा आज राति आउँदै, कसरी हेर्ने ?


२३ बैशाख २०८०, शनिबार
Screenshot 20221006 233142 01 e1665095970855

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा (रिजल्ट) आज (शनिबार) राति आउँदैछ । मे २६ अर्थात आज वैशाख २३ गते राति ९ः४५ मा नतिजा सार्वजनिक हुने भएको हो ।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा परे / नपरेको थाहा हुन्छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नु पर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन ।

डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७