जसपा वर्तमान सरकारकै पक्षमा छ, परिवर्तनको हल्ला गलत : उपेन्द्र यादव

सरकारलाई ‘कम्फटेवल मेजरिटी’ भएकाले रास्वपा बाहिरिँदा पनि फरक पर्दैन’


२३ बैशाख २०८०, शनिबार
upendra Yadav
फाइल फोटो

भक्तपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् ।

आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने प्रष्ट पारे। ‘गल्ती कहाँ छ सच्याएर अघि बढ्ने बेला हो। त्यसका लागि यो गठबन्धनमा हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढनु पर्छ । सरकार स्थिर भएर काम गर्नुपर्छ,’ यादवले भने ।

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताएका छन् । सरकारलाई ‘कम्फटेवल मेजरिटी’ भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि फरक नपर्ने उनको तर्क छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिंदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७