बेलायती राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट


२३ बैशाख २०८०, शनिबार
charls 3

काठमाडौँ । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको छ । वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्‍याइ दिएका हुन् ।

charls

आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवर्डको मुकुट राजाको शीरमा पहिर्‍याई दिंदै घोषणा गरे, ‘ईश्वरले राजाको रक्षा गरुन् !’ यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुन् । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ, अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए । उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

FvcR9AGaIAAG4oN

समारोहमा उपस्थित करिब एक सय राज्य प्रमुख, राजारानी र सेलेब्रिटी तथा राजपरिवारका नातेदारहरुले जवाफमा भने, ‘ईश्वरले राजाको रक्षा गरुन् ।’ त्यसपछि राजा चार्ल्स गद्दीमा बसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७