एमाले केन्द्रीय कमिटी बैठक आजबाट


२८ बैशाख २०८०, बिहीबार
amale 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बाट शुरु हुँदैछ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते) सम्म चल्ने जनाइएको छ ।
बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ । पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् ।

रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताएका छन् । रायमाझीलाई एमालेले निलम्बन भने गरिसकेको छ ।
शुरूमा बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा बस्ने तय भएको थियो । तर, संसद् बैठकमा सहभागी हुन कठिन हुनेलगायत कारण देखाउँदै बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने एमालेले निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७