परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ : अर्थमन्त्री महत


२९ बैशाख २०८०, शुक्रबार
aartha

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए ।

‘प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तिके प्रतिफल लगायतमा छलफल चलाउन जरुरी छ’, उनले भने, ‘देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक छ ।’

उनले स्रोत बाँडफाँटको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने बताए । उनले पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रूपमा लाभ लिन सकिने बताए । ‘पर्यटन, जलविद्युत्, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकार अनुकूल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार छ’, उनले भने । उनले आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७