म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटनलाई हरायो


३१ बैशाख २०८०, आईतवार
Garnacho

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटनलाई पराजित गरेको छ । शनिबार राति युनाइटेडले घरेलु मैदानमा वुल्भरह्याम्पटनलाई २–० ले हराएको हो ।

खेलको ३२ औ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

जितसँगै युनाइटेड ३५ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित वुल्भरह्याम्पटन ३६ खेलबाट ४० अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७