दीपक मनाङ्गे मनाङमा एमालेबाट ‘बागी उम्मेदवार’


५ कार्तिक २०७४, आईतवार
deepak manage

काठमाडौं: दीपक मनाङ्गे मनाङमा एमालेबाट ‘बागी उम्मेदवार’ बन्ने भएका छन् ।सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको थियो ।deepak manage

मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् ।शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७