शीर्ष स्थानको गुजरात प्लेअफमा : हैदराबाद पराजित


२ जेष्ठ २०८०, मंगलवार

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ ।
गए राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनायो । उसका हेनरिच क्लासेनले सर्वाधिक ६४ रन बनाए । त्यस्तै भुवनेश्वर कुमारले २७ रन जोडे । हैदराबादका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान ४-४ विकेट लिए । यस दयालले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका शुभमन गिलले १ सय १ रनको शतकीय पारी खेले । त्यस्तै साई सुदर्शनले ४७ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जितसँगै गुजरात १३ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । हैदराबाद १२ खेलमा आठ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७