बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि


२ जेष्ठ २०८०, मंगलवार
futsal and football
फाइल फोटो

हेटौंडा । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडाँैमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ ।

फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने तय भएको छ ।

प्रतियोगितामा विभिन्न बिधामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताए । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७