लखनउको रोमाञ्चक जित : मुम्बई पराजित


३ जेष्ठ २०८०, बुधबार
Lucknow beat

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गरेको छ ।

गए राति लखनउमा भएको रोमान्चक खेलमा मुम्बईलाई हराएको लखनउले प्लेअफ सम्भावना बलियो बनाएको छ । जितका लागि १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो । मुम्बईका ईशान किशनले सर्वाधिक ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । कप्तान रोहित शर्माले ३७ रन जोडे । मुम्बईलाई अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको थियो । तर लखनउका मोहसिन खानले पाँच रन मात्रै दिएपछि लखनउ विजयी भयो ।

लखनउका रवि विश्रोई र यश ठाकुरले समान २-२ विकेट लिए । मोहसिन खानले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।

लखनउका मार्कुस स्टोइनिस सर्वाधिक ८९ रनमा अविजित रहे । कप्तान क्रुनाल पान्ड्या ४९ रनमा ’रिटायर्ड आउट’ भएका थिए । मुम्बईका जेसन बेहर्नडोर्फले २ विकेट लिए । पियुष चवालाले १ विकेट लिए । जितसँगै लखनउ १३ खेलमा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समान १३ खेलमा मुम्बई १४ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७