गठबन्धनको बैठक छाडेर निस्किइन् रञ्जिता


३ जेष्ठ २०८०, बुधबार
Ranjita Shreshtha
फाइल फोटो

काठमाडौं । बालुवाटारमा सत्तारुढ दलहरुको बैठक चलिरहेका बेला नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर निस्किएकी छन् ।

उनी केहीबेरअघि बैठकको बीचैमा जरुरी काम छाडेको भन्दै बाहिरिएकी हुन् । हिजो सर्वोच्च अदालतले उच्च अदालतकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी फैसला यथावत राख्ने फैसला गरेको थियो ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित १० दलको बैठक राखेका थिए । यता नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका पदाधिकारीहरुलाई कारागारमै छलफलका लागि बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७