कोसीका खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त


३ जेष्ठ २०८०, बुधबार
Hansaraj Dahal1684329099

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय हो ।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राज भण्डारीले दिएको जानकारीअनुसार यसअघि सरकारले वाग्लेसँग मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएकाले बर्खास्त गरिएको जानकारी दिएका छन ।

गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोसी प्रदेशको नाम उल्लेख गरिएको थिएन । त्यसैलाई कारण मान्दै सामाजिक विकास मन्त्रालयले वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । तत्कालीन गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमालेका पर्शुराम बस्नेतलाई बोर्डको सदस्य सचिवबाट हटाएर वाग्लेलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७