रियल म्याड्रिडलाई ४–० गोलले हराउँदै म्यानचेस्टर सिटी फाइनलमा


४ जेष्ठ २०८०, बिहीबार
thumb 6

काठमाडौँ । म्यानचेस्टर सिटीले उत्कृष्ट प्रदर्शन गर्दै बुधबार रियल म्याड्रिडलाई ४–० ले पराजित गरेको छ । जितसँगै सिटी युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बर्नाडो सिल्भाको दुई गोलमा समग्रमा सिटीले सेमिफाइनलमा ५–१ को अग्रता लिन सफल रह्यो ।

इंग्लिस च्याम्पियनका लागि जुलियन अल्भारेजले एक गोल गरे भने अर्को गोल इडेर मिलिटोको नाममा आत्मघाती रह्यो । यससँगै पेप ग्वार्डिओलाको टिम एकै सिजन तीन ठूलो उपाधि जित्ने संघारमा पुगेको छ ।

सिटीलाई इंग्लिस प्रिमियर लिग उपाधिको रक्षा गर्न अन्तिम तीन खेलमा तीनै अंक मात्र आवश्यक छ । यस्तै एफएकप फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । सिटीले जुन १० मा इस्टानबुलमा हुने च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको चुनौती बेहोर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७