आर्सनल हारेपछि तीन खेल अघि नै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन


७ जेष्ठ २०८०, आईतवार
Man City1684630492

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा नोटिङ्घम फरेस्टसँग १–० गोलको नतिजामा आर्सनल पराजित भएसँगै म्यानचेस्टर सिटी तीन खेल अघि नै च्याम्पियन बनेको छ।

फरेस्टको मैदानमा भएको खेलको १९ औं मिनेटमा ताइवो आवोनियीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । आर्सनलका कप्तान मार्टिन ओडिगार्डले दिएको पास फरेस्टका गिब्स ह्वाइटको खुट्टामा पुगेको थियो । उनले बक्समा गरेको क्रसमा आर्सनलका डिफेन्डर गाब्रियलले ट्याकलमार्फत क्लियर गर्न खोजेका थिए । तर, फरवार्ड आवोनियीलाई लागेर गोलमा परिणत भएपछि आर्सनल पछि परेको थियो । बाँकी समयमा गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा आर्सनल उपाधि होडबाट बाहिरियो ।

जितसँगै फरेस्ट ३७ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको १६औं स्थानमा उक्लिएको छ । महत्वपूर्ण तीन अंक जोडेसँगै फरेस्ट रेलिगेसनबाट पनि जोगिएको छ । समान खेलबाट ८१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । लामो समय लिग लिडर रहेको आर्सनल पछिल्ला पाँचमध्ये तीन खेलमा पराजित भएपछि उपाधि सिटीले जितेको हो । लिगमा तीन खेल खेल्न बाँकी सिटीको ३५ खेलबाट ८५ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७