सांसद पौडेको प्रश्न : जनताका छोराछोरीले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?


८ जेष्ठ २०८०, सोमबार
Debendra Poudel scaled

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताएका छन् ।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने समय आएको भन्दै समस्यालाई विषयान्तर गर्न नहुनेमा उनले जोड दिए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज सांसद पौडेलले नेपालमा विदेशी लगानीको प्रतिबद्धता ३४ प्रतिशतले घटेको भन्दै अर्थतन्त्र सुुधारका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रममा भ्रष्टाचारलगायत अनियमिततामा शून्य सहनशीलताको प्रतिबद्धता गरिएकाले वर्तमानमा देखिएका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । जनताले लडेको युद्ध जनयुद्ध भएको भन्दै पौडेलले युद्ध जङ्गली जनावरकाबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति आपत्ति प्रकट गरे ।

पौडेलअघि बोलेका एमाले सांसद योगेशकुमार भट्टराईले सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए । सांसद भट्टराईलाई जवाफ फकाउँदै पौडेलले जनताका छोराछोरीले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने भन्दै प्रश्न गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७