मन्त्री रिजाल र चिनियाँ राजदूतबीच भटवार्ता


८ जेष्ठ २०८०, सोमबार
ramesh rijal and chen song2023 05 22 05 35 27

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सोङ शिष्टाचार भेटवार्ता गरेका छन् । आज (सोमबार) मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमानाका खुलाउनेलगायत विविध विषयमा कुराकानी भएको हो ।

मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा चिनियाँ राजदूत सोङको प्रशंसा गरेका थिए । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे । चीनविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिनेमा प्रतिबद्धता जनाउँदै मन्त्री रिजालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेकोप्रति नेपालको उच्च सम्मान रहेको बताए ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताए ।

भेटमा चिनियाँ राजदूत सोङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफू पनि विश्वस्त रहेको बताउँदै उनले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७