काभा महिला भलिबल : नेपालको सानदार विजयी सुरुवात


८ जेष्ठ २०८०, सोमबार
vollyball

अजय कुलुङ राई

काठमाडौं । घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेका छन् ।

समूह ‘ए’ मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालको सहज जितमा अ‍ोपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शन गरिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सुरुवातमा प्रतिस्पर्धा भएपनि नेपालले ८–७ बाट अग्रता लिदै पहिलो सेट सहजै २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा भने नेपालले २५–१९ को प्रतिस्पर्धात्मक जित निकाल्यो । दोस्रो सेटमा पनि नेपालले सुरुवातदेखिको अग्रतालाई कायम राख्दै जित निकाल्न सफल भइन् ।

तेस्रो सेटमा किर्गिस्तानले एक समय अग्रता लिएपनि नेपालले खेलमा फर्कदै २५–११ को सोझो सेटमा जित निकाल्न सफल भयो । ४–६ ले पछि रहेको नेपालले लगातार ११ अंक जोड्दै खेललाई १५–६ को स्थितिमा ल्याएर जिततर्फ अघि बढेको थियो ।

यस जितसँगै नेपालले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । भारतको पनि ३ अंक छ । बंगलादेश र किर्गिस्तान अंकविहीन छ ।आज नै उज्वेकिस्तान र भारतले पनि विजयी सुरुवात गरिसकेको छ ।

उज्वेकिस्तानले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ ।
यस्तै, दोस्रो खेलमा भारतले बङ्लादेशलाई ३–० को सोझो सेटमा हरायो । भारतले बङ्लादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो ।

प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह ’ए’ मा घरेलु टोली नेपालसहित भारत बङ्लादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ’बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

नेपालले भोलि बंगलादेशसँग र पर्सि १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७