सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार


१० जेष्ठ २०८०, बुधबार
Heli jumla
सांकेतिक तस्वीर

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते भएपछि उनलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो । आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७