पोचेटिनो चेल्सीको नयाँ प्रशिक्षक


१६ जेष्ठ २०८०, मंगलवार
a2439bae 889b 4c9f b1a2 e8f5cbbad0ce1685404481

काठमाडौं । इङलिस क्लब चेल्सीले पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

अर्जेन्टिनाका ५१ वर्षीय पाचेटिनोलाई चेल्सीले सोमबार आधिकारिक रुपमा सार्वजनिक गरेका हो । यस सिजन तालिकाको १२औं स्थानमा रहेर सिजनको अन्त्य गरेको चेल्सीको प्रशिक्षण हाल फ्रांयक लाम्पार्डले सम्हालिरहेका छन् । चेल्सीले ग्राहम पोर्टरलाई बर्खास्त गरेपछि लाम्पार्डलाई अन्तरिम प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

चेल्सीका सह खेलकुद निर्देशक लौरेन्स स्टेवार्ड र पाउल विन्स्ट्यान्लीले पोचेटिनोको अनुभवले चेल्सीलाई आगामी दिनमा निकै अघि पुर्याउने उल्लेख गरेका छन् । ‘पोचेटिनोको अनुभव, नेतृत्व क्षमता र व्यक्तित्वले आगामी दिनमा चेल्सीसँग उत्कृष्ट कार्य दिनेछ । उनी विजयी प्रशिक्षक हुन् । जसले विभिन्न उच्चस्तरका लिग र भाषामा कार्य गरेका छन्’, स्टेवार्ड र विन्स्ट्यान्लीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीएसजीले गत वर्ष बर्खास्त गरेयता पोचेटिनोले कुनै पनि क्लबको जिम्मेवारी सम्हालेका छैनन् । उनले सन् २०१४ देखि २०१९ टोटनहमको प्रशिक्षण सम्हाल्दा प्रिमियर लिगमा चर्चित बनेका थिए । चेल्सीले पोचेटिनोको सहायक स्टाफमा जेसस पेरेज, मिग्वेल डीएगोस्टिनो, टोनी जिमेनेजलाई पनि सोमबार सार्वजनिक गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७