अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या


१७ जेष्ठ २०८०, बुधबार
ind stud in us

काठमाडौं । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ । भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले सोमबार जनाएको छ । कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।

मृतकका आमा बाबु केरेलाको कोल्लम जिल्लाबाट करिब ३० वर्षअघि अमेरिका आएका भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खलीज टाइम्सले जनाएको छ । जुडेमाथि लुटपाटको प्रयास भएको तथा सोही क्रममा दुई जनाले आक्रमण गरेका थिए ।

यो वर्ष भारतीय मूलका विद्यार्थीलाई अमेरिकामा लक्षित गरी मारिएको यो दोस्रो घटना हो । यसअघि अप्रिल २१ मा आन्ध्र प्रदेशका २४ वर्षीय विद्यार्थीलाई ओहायोको पेट्रोल पम्पमा गोली प्रहार गरी हत्या गरिएको थियो । भारतीय मूलका साईश वीराको काममा गइरहेका बेला अज्ञात आक्रमणकारीले गोली हानेर मारेका प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७